समाजवादमा भ्रष्टचार हुँदैन भन्ने कुरा सत्य होइन : गृहमन्त्री श्रेष्ठ

लोकपथ
35
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले समाजवादमा भ्रष्टाचार हुँदैन भन्ने कुरा सत्य नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा पुष्पलालको २४ औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा श्रेष्ठले समाजवाद संक्रमणकालीन समाज भएको बताए ।

उनले भने ‘ समाजवादमा भ्रष्टाचार हुँदैन भन्ने कुरा सत्य हैन् । समाजवाद भ्रष्टाचारको जराहरुलाई कमजोर पारिएको नयाँ व्यवस्था हो । तर समाजवादमा भ्रष्टाचार हुँदै हुँदैन भन्न सकिन्न । समाजवाद पनि संक्रमणकालीन समाज हो । समाजवादमा गए पछि भ्रष्टाचार स्वत अन्त्य हुँदैन् । त्यसको लागि ठूलो संघर्ष गर्नु पर्छ । ’

उनले पुँजीवाद भित्रको समाजवाद आफुहरुलाई मान्य नभएको पनि बताए । समाजवाद नेपाली समाजको निम्ति स्वीकार्य विषयको रुपमा स्थापित भएको र आफुहरु समाजवादको पक्षमा भएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?