पुँजीपतिहरुले नेपालको सत्ता कब्जा गरे : नेकपा महासचिव विप्लव

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुँजीपतिहरुले नेपालको सत्ता कब्जा गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा पुष्पलालको २४ औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौती ः भ्रष्टाचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा महासचिव चन्दले आजको भ्रष्टाचारको स्रोत भनेको दलाल पुँजीवादीहरुको सत्ता भएको बताए ।

उनले भने ‘ पुँजीवाद नै भ्रष्टाचारको स्रोत हो । संसारका पुँजीवाद रहे सम्म भ्रष्टचारको अन्त्य सम्भव छैन् । भूमल्डलीकृत साम्राज्यवाद नै भ्रष्टाचारको स्रोत हो ।

उनले नेपाली जनताको हातमा सत्ता नआएको र भ्रष्टचार राज्यमा मात्र नभई नागरिकमा पनि सल्किएको बताए ।
जुन दिन नेपालमा समाजवादको स्थापना हुन्छ त्यो दिन पुष्पलालको अर्को सपना पूरा हुने चन्दको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?