काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा उठाउनुुपर्ने एजेण्डाबारे सुुझाव मागेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले बैठकमा उठाउनुपर्ने एजेण्डाबारे सुुझाव मागेका हुन् । धेरै विषयवस्तुहरु आफूले देशभर पुुग्दा कार्यकर्ताहरुबाट पाएका सुझाव र सल्लाहहरु बैठकमा उठाउने भन्दै थप विषयहरु ई–मेल र कमेन्टमार्फत् सुुझाव दिन आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमा उनलाई भातृ संगठनलाई पूर्णता दिनुुपर्ने, ०८४ को निर्वाचनमा पार्टीले बहुुमत ल्याउने गरी लाग्ने लगायतका सुुझाव दिएका छन् ।
साथै बैठकमा समसामयीक राजनीतिक परिस्थिती र सांगठनिक गतिविधिका बारेमा छलफल हुने बताएका छन् ।
उनले भनेका छन्, ‘करिव एघार महिनाको अन्तराल पछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुनेछ । यस बीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु। नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहानुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल ([email protected]) अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ-नगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्नु हुने कांग्रेसजन र सुभेच्छुकहरूमा आग्रह गर्न चाहान्छु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया