काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले, आफूले नेपाली कांग्रेसलाई कुनै एक समुहको मात्रै नभई सम्पूर्ण नेपालीको पार्टी बनाउन चाहेको बताएका छन् ।
तमू संघ बागमती प्रदेश समितिको भेला उद्घाटन समारोहमा सभापति देउवाले, यो देश सबैको भएको र आफूले नेपाली कांग्रेस पनि सबैको बनाउन चाहेको बताए ।
उनले भने ‘यो देश सबैको देश हो । आदिबासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो त्यसले गर्दा नेपालको राजनीतिमा सबैको भूमिका सहभागिता, योगदान हुन आवश्यक छ । त्यस्तै सबैलाई उही किसिमको हर ठाउँमा समावेशिकरणको आवश्यकता छ ।’
सबैलाई सबैको पार्टीको रुपमा स्थापित गर्ने गरि अभियानमा लाग्न उनको आग्रह छ ।
‘सबैको पार्टी हो । हाम्रो पार्टीमा आदिबासी जनजातिको सहभागिता मात्रै होइन् । सहभागिता मात्रै होइने पूर्ण रुपले आदिबासी जनजातिका युवाहरुलाई पार्टीप्रति प्रतिवद्ध राख्न आग्रह गर्छु ।’ उनले भने ‘सम्पूर्ण जनताको पार्टीप्रति विश्वास बढोस् मेरो मात्रै होइन् । भन्ने पार्टीको चाहाना छ। ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया