काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, गाँजा उत्पादनबारे अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिएका छन् ।
विहीबारको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले गाँजाखेतिको सम्भावना र निकासी पैठारीबारे ठोस अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
उनले भने ‘गाजा जन्य पदार्थको उत्पादन, विक्रि वितरण निकास पैठारी, ओसार पसार भण्डारण तथा उपयोग गर्ने व्यवस्था गर्ने र सोबाट समाजमा पर्न गएको सकारात्मक तथा नकारात्मक असर तथा अन्तराष्ट्रिय अभ्यास समेतको आधारमा नेपाल कानुनको आयोगबाट अध्ययन प्रतिवेदन तयार भई आवश्यक कारवाहीको लागि प्रतिवेदन गृहमन्त्रालयमा पठाईसकेको छ । ’
उनले विभिन्न अदालतमा रिक्त न्यायधिश पदपूर्तिको लागि आवश्यक पहल भइहरेको बताए ।
छिटो छरितो न्याय सम्पादनको लागि मुद्दा व्यवस्थापनको अतिरिक्त कार्यविधी कानूनमा सुधार हुनुपर्ने उनको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया