नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु हुँदैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक तय गरिएको छ ।
झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेसहित भातृ सङ्गठनका विषयमा छलफल हुनेछ ।
यस्तै नीति अधिवेशनबारे पनि छलफल हुनेछ ।
यसैगरी सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे समेत बैठकमा छलफल हुने पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया