काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।
बालुवाटरस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले योगराज पौडेल र नारायणदास मिश्रलाई पक्राउ गरेको छ ।
योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् भने नारायणदास मिश्र पूर्व खरिदार रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया