काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
लुुक्ला नजिकै सुर्के भन्ने ठाउँबाट काठमाडौं उडेको हेलिकप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकै लामाजुरामा दुर्घटना भएको हो ।
होलिकोप्टरमा एकजना पाइलटसहित ६ जना यात्रु सवार रहेका थिए । भने सवार सबै यात्रु मेस्किकोका नागरिक रहेको मनाङ एयरका प्रवक्ता राजु न्यौपानेले लोकपथलाई जानकारी दिए ।
‘अहिलेसम्म बाह्य स्रोतबाट आएको जानकारी अनुसार हेलिकप्टर दुर्घटना भएको भन्ने खबर पाएका छौँ ।’ न्यौपानेले भने, ‘हामीले रेस्क्यूका लागि पठाएको हेलिकोप्टर नपुुगिकन केही भन्न सक्ने अवस्था छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया