काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफूले बोलेका कुराहरुमा स्पष्टीकरण दिने मौका नै नदिइ राजीनामा माग्नु गलत रहेको जिकिर गरेका छन् ।
सोमबार प्रतिनिधि सभामा विभिन्न विषयमा आफूमाथि लागेको आरोपका बारेमा जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
असार १८ गते प्रीतम सिंहको किताब बिमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै दिएको अभिव्यक्तिबारे एमालेले राजीनामा माग गरेको थियो ।
‘यसअघि नै मैले जवाफ दिन्छु भनेको थिए । स्पष्टीकरणको मौका पनि नदिइकन राजीनामा दिनुुपर्ने हो ?’ सो विषयमा बोल्दै प्रधानमन्त्रीले भने, ‘के प्रतिपक्षीले उठाउने बित्तिकै राजीनामा दिनुुपर्ने हो ? के स्पष्टीकरण नदिइ राजीनामा दिनुपर्ने हो । के त्यतिकै संसद अवरोध गरेर समस्या समाधान हुन्छ ।’
त्यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका अध्यक्ष रवि लामिछानेले बोल्दै तीन दलले मात्रैले सबै राजनीतिक हल खोज्न लागेको भन्दै आरोप लगाए ।
प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिँदै आफू र प्रीतम सिंहबीचको सम्बन्ध र आफूमाथि उनले देखाएको सदासयतामाथि बोलिएको कुरालाई विवादमा ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया