काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार एवं सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
आइतबार दिउँसो राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
राउतले भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत रहँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउन सघाएको आरोप रहेको छ ।
यसअघि आजै उक्त प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया