धरान । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित भएका छन् ।
एक सय ५० प्रतिक्षार्थी चिकित्सहरुले विभिन्न चार बुँदे माग राख्दै आन्दोलित भएका हुन् । उनहरुले न्यूनतम पारिश्रमिक १६ हजार कायम हुनुपर्ने माग गर्दै पदाधिकारीको कार्यालय अगाडी धर्ना दिएका छन् । हाल उनहरुको न्यूनतम पारिश्रमिक १२ हजार छ ।
चिकित्सकहरुको आन्दोलनका कारण स्त्री तथा प्रसुती, आकस्मिक कक्ष, सघन उपचारकक्ष, मेडिसिन, नाक कान घांटी, हाडजोर्नी, विरामी भर्ना भएका विभिन्न वार्ड लगायत विभागमा समेत सेवा प्रभावित भएको छ ।
प्रशिक्षार्थी चिकित्सकको साझा संस्था विद्यार्थी कल्याण समाजका अध्यक्ष डा अभिशेक ओझाका अनुसार इन्टर्न चिकित्सकलाई पनि सोझै आवासीय सुविधा दिनु पर्ने, श्रम ऐन अनुसार अतिरिक्त समयको भत्ता दिनु पर्ने र तलब वृद्धि गर्दा निश्चित प्रतिशत तोक्नु पर्ने माग गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया