काठमाडौं । भक्तपुरको गोठाटारबाट पेप्सीकोलातर्फ आउँदै गरेको बा५ख ८०८४ नम्बरको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु भएको छ । ट्रिपरको ठक्करबाट अर्का १ जना गम्भीर घाइते भएका छन् ।
ट्रिपरले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई खहरेमा ठक्कर दिएको हो ।
ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक जुगल गाउँपालिका–४, सिन्धुपाल्चोकका स्थायीबासिन्दा भएका श्याम विकको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार, ठक्करबाट घाइते विकलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
यसैगरी मोटरसाइकलका पछाडि सवार निशान विक गम्भीर घाइते छन् ।
उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
ठक्करपछि ट्रिपरका चालक फरार छन् भने ट्रिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साथै फरार ट्रिपकर चालकको खोजी भइरहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया