कैलाली । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा हेलिकोप्टर चढेर धनगडढीको अवलोकन गर्न पाइने भएको छ ।
महोत्सव आज (मंगलवार)देखि शुरुभएको हो भने भोलि (बुधवार)देखि हेलिकोप्टरमा धनगढी परिक्रमा गर्न पाइने भएको हो ।
उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा अनुसार हेलिकोप्टरबाट महोत्सवको अवलोकन गर्न भने टिकट लिनुपर्ने हुन्छ । टिकट दर प्रतिव्यक्ति चार हजार पार्ने छ उनले भने ।
त्यस्तै एक पटकमा हेलिकप्टरमार्फत ६ जनाले महोत्सव लगायत यहाँका धार्मिक एवं पर्यटकीयस्थलहरुको अवलोकन गर्न सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया