पेस्तोल र गोली सहित ३ जना प्रहरीको फन्दामा

धादिङ ।  प्रहरीले धादिङबाट पेस्तोल र गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको खनियाबास गाउँपालिका–५ सत्यदेबी बस्ने ३० वर्षीय आषिश थापा मगर, २५ वर्षीय नारायाण थापा मगर र २३ वर्षीय बिशाल गुरुङलाई चाईनिज पेस्तोल १ थान र गोली ७ राउण्ड सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

गंगाजमुना गाउँपालिका५ स्थित श्री मण्डली उच्च माबिमा भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ईलाका प्रहरी कार्यालय फुलखर्कबाट सुरक्षार्थ खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको  हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?