सहयोगी महिला जागरण मञ्चद्वारा महिलाहरुलाई नि:शुल्क तालिम

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा सहयोगी महिला जागरण मञ्चले महिलाहरुलाई निशुल्क तालिमको प्रमाणपत्र वितरण गरेको छ ।

मञ्चले महानगरपालिका कै वडा नं ८, २९ र ३० मा ७-७ दिनको डल्लो साबुन बनाउने निशुल्क तालिम आयोजना गरेको थियो ।

कार्यक्रममा विशेष अतिथिबाट प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुको साथै तालिम मा निशुल्क स्थान उपलब्ध गराउने अल्बर्ट इङ्ग्लिस बोर्डिङ स्कुल, मैतीदेवी तथा श्री पशुपतीनाथ भण्डारी गुठीघर, देवपतन गौशालालाइ तथा प्रशिक्षक कृष्ण नेपाल र सहायक प्रशिक्षक विष्णु बहादुर श्रेष्ठलाई कदरपत्रले सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?