गौशाला-२६ लाई उपचार खर्च दिन जिल्ला अदालतको आदेश

लोकपथ
70
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मुद्दामा पीडित भनिएकी गौशाला-२६ लाई उपचार खर्च भराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला-२६ लाई उपचार खर्च दिन आदेश दिएको हो ।

पीडित गौशाला-२६ ले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा एक लाख रुपैयाँ खर्च भएको बिल पेश गरेकी थिइन् । सोही बिलका आधारमा अदालतले उपचार खर्च दिन आदेश दिएको हो ।

आरोपित सन्दिप लामिछाने भने हाल जिम्बावेमा रहेका छन् । उनी आइसीसी विश्वकप छनोट खेल्नका लागि जिम्बावेमा गएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?