श्रम सम्झौता कार्यान्वयन कार्ययोजना स्वीकृत भएसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुल्यो

लोकपथ
84
Shares

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत भएको छ ।

मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले इम्पिमेन्टसन प्रोटोकल स्वीकृत गरेसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो ।

श्रम तथा रोजगार मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकार गरेसँगै अब नेपाली कामदार बेलायत जानेछन् । गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकार-सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?