काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१\८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी शुरु गरेको छ ।
आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ । १६ औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल हुनेछ । बुधबार दिउसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिएका छन् ।
प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमितरुप मै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने छ । बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया