नेउवामहासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन् ।

उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो ।

उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकाल ज्यूले मनोनयन पत्र हस्तान्तरण गर्दै मनोनित हुने व्यक्तित्वहरुले महासंघलाई सशक्तरुपमा अगाडी बढाउनका लागि तथा महासंघमा महत्वपूर्ण योगदान पु¥र्याउने कुरामा महासंघ विश्वस्त रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?