सानिमा रिलायन्स लाईफले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको बिमा गर्ने

लोकपथ
0
Shares

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बिच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिबन बिमाका लागी सम्झौता सम्पन्न भएको छ ।

सरल तथा सहज बीमाका लागि भरपर्दो बीमा कम्पनीका रुपमा परिचित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेयले उक्त सम्झौैतामा हस्ताक्षर गरेका छन । बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आई.टी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थीति रहेको थियो । उक्त अबसरमा अध्यक्ष पाण्डेले आगामी दिनमा सहकारी संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आबश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिएका छन ।

बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिकस्तरकोसहकारी संस्थाले बिपन्न बर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता बिकास गर्नका लागी बिना भेदभाब “हामी गर्छाे,सबैका लागी,सधैका लागी” भन्ने मुल नाराका साथ लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?