काठमाडाैं । आइतबारबाट शुरु भएको प्रतिनिधि सभाको दोस्रो अधिवेशनको बैठकमा सांसदहरुले अवरोध जनाइरहेका छन् ।
आगामी बजेटका विषयमा छलफलका लागि बोलाइएको अधिवेशनमा सांसदहरुले विषयान्तर गर्न खोजेपछि सभामुख देवराज घिमिरेलाई बैठक चलाउनै हम्मेहम्मे परिरहेको छ । सोही सन्दर्भमा सोमबार (आज) बसेको बैठकको शुरुमै केही सांसदहरुले होहल्ला गरेपछि बैठक कार्यसूची अनुसार अघि बढ्न सकिरहेको थिएन ।
सांसदहरुले अवरोध गर्ने क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदको जारी बैठकमा उदण्ड व्यवहार देखाएका छन् । सभामुखले सचेत गराइरहेका बेला उनले आफ्नो सर्ट र सेन्डो खोलेर सदनमा अर्धनग्न रुप देखाए । सभामुखले सचेत गराउँदै जाँदा उनले अर्धनग्न रुप देखाएका हुन् ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमबारे उल्लेख छ । जसको ख्याल नगरी उनले बोल्न समय नदिएको भन्दै धमाधम कम्मरमाथिको कपडा फुकाले ।
त्यसपछि उनलाई सभामुखले नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गराए । नियम २१ को खण्ड ‘घ’ मा भनिएको छ, ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्ने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्ने र असंसदीय शब्द प्रयोग गर्न नहुने ।’
तर, अमरेशले यसलाई ख्याल गरेनन् पटक पटक सभामुखले सचेत गराउँदा पनि वास्ता गरेनन् । अति भएपछि सभामुखले सोही नियमावलीको नियम ३० अनुसार चेतावनी दिए । नियम ३० अनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ । र, चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ ।
सो चेतावनीलाई पालना गर्दै अमरेशले आफूले खोलेको कपडा लगाउन शुरु गरे र कारबाहीबाट बचे । अन्यथा उनलाई सभामुखले नियम ३१ अनुसार बैठक कक्षबाट बाहिर जान आदेश दिनसक्थे ।
त्यो पनि नमानेको भए मर्यादापालकको सहयोगमा बााहिर निकाल्न सक्ने व्यवस्था थियो । त्यसरी निकालिएका सांसद ३ दिनसम्म बैठकमा सहभागी हुन नपाउने नियमावलीमा व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया