लुम्बिनी पुगेर प्रधानमन्त्री प्रचण्डले भने : ‘राजा अशोकसँग मेरो जीवनसँग मेल खान्छ’

लोकपथ
105
Shares
k|wfgdGqL …k|r08ږ;Daf]wg n’lDagL, @@ j}zfv M @%^&c}F+ a’4 hoGtL tyf n’lDagL lbj;– @)*) sf] cj;/df cfof]lht ;df/f]xnfO{ ;Daf]wg ug{‘x’Fb} k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú . tl:a/ M k|bLk/fh jGt÷/f;;

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धका अनुयायी राजा अशोकसँग आफ्नो जीवन मेल खान गएको दाबी गरेका छन् ।

शुक्रबार २५६७अ‍ौँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस– २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले सो कुरा बताएका हुन् ।
मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको बाटोमा जाँदा बुद्धको अनुयायी बने जस्तै आफूपनि युद्धबाट शान्तिको बाटोमा गएकोले त्यससँग मेल खान गएको बताए ।

प्रचण्डले भने, ‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ ।’

त्यस्तै ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने बताउँदै नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन तर पनि नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान÷विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्ने छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आमूल परिवर्तनको आकांक्षासहित शुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पुरक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?