प्रचण्डसँगको भेटपछि ओलीले भने– ‘बहालवाला सांसदलाई हतकडी लगाउनु रहस्यमयी’

लोकपथ
777
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहालवाला सांसदलाई बाटोबाट समातेर हत्कडी लगाउन नहुने भन्दै एमाले सांसद टोपबहादुर रायमाझीको बचाउ गरेका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका ओलीले बहालवाला सांसद भागेर कहिँकतै नजाने भन्दै त्यसरी खोज्न नपर्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव समेत रहेका रायमाझी मुछिएपछि उनलाई प्रहरीले खोजिगरिरहेको छ ।

प्रचण्डसँगको भेटपछि ओलीले भने, ‘एउटा बहालवाला सांसद, पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यपूर्ण छ । त्यो भागेर उम्केर जाने कुरा होइन ।’

त्यस्तै दोषी उम्किन नहुँदै भन्दै निर्दोष फस्ने अवस्था आए आफूहरुले सहेर नबस्ने समेत चेतावनी दिए ।

बुधबार नै पक्राउ पुर्जी जारी भए पनि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । सोही बेला ओली प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?