टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
42
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले रायमाझीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बुधबार भैरहवाबाट पक्राउ परेका उनलाई आज बिहान काठमाडौं ल्याइएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजान खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सो प्रकरणमा उनका बुबा टोपबहादुर रायमाझीलाई पक्राउ गरेको छ । सोही प्रकरणमा जोडिएका तत्कालिन तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?