नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो

लोकपथ
126
Shares

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।
बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो ।

विमानबाट काठमाडौं ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ ।

यसअघि पक्राउ परेका ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । यस्तै यो प्रकरणमा एमाले सचिव समेत रहेका टोपबहादुर पनि मुछिएका छन् ।

यो प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत समेत पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?