पक्राउ पुर्जीपछि टोपबहादुरको प्रतिक्रिया : ‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा मेरो संलग्नता छैन’

लोकपथ
168
Shares

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

बुधबार अर्घाखाँचीको सन्धिकखर्कमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको अभियोगमा प्रहरीले उनीसहित उनका छोरा सन्दीप रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ ।

त्यससँगै उनले भुटानी शरणार्थीको समस्या दीर्घकालिन समाधान गर्ने कुरामा आफू सधैँ रहेको बताए ।

सो प्रकरणमा उनले भने, ‘भुटानी शरणार्थीका नाममा गैरभुटानीलाई अमेरिका लैजाने कुरामा मेरो संलग्नता छैन । भुटानी शरणार्थीको समस्या दीर्घकानील समाधान गर्ने कुरामा हिजो पनि थियौँ, आज पनि छौँ र भोलि पनि हुनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?