काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई सम्मानजनक व्यवहार नभए गठबन्धन धरापमा पर्नसक्ने चेतावनी दिएका छन् ।
बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
कर्णाली प्रदेश सरकार निर्माण गर्दा वेवस्ता गरि एकलौटी गर्न खोजिएको बताउँदै आफूहरुलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्नसक्ने चेतावनी दिए ।
‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।’ नेपालले भने ।
त्यसैगरी आफू प्रधानमन्त्री हुँदा सरकारी सम्पती दुरुपयोग नगरेको बताउँदै राम्रो काम गर्दा गर्दै पनि कुनै प्रचारप्रसार हुन नसकेको दुखेसो व्यक्त गरे । त्यस्तै २०७४ को निर्वाचनमा दुई तिहाइ बराबरको मत पार्टीले ल्याउँदा त्यसलाई जोगाउँन नसक्दा कम्युनिष्ट एकता तितरवितर हुन पुगेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया