बाँकेको नेपालगञ्जस्थित न्युरोडबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले पत्रकार सम्मेलनमार्फत चार दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई सार्वजनिक गरेका हो। पक्राउ हुनेमा विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय रमेश सोनी र सोही ठाउँका ३६ वर्षीय प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधबार राति गहनासहित सोनी र ठाकुरलाई पक्राउ गरिएको थियो । सुन कहाँबाट आएको भन्ने विषय अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको मूल्य करिब रु चार करोड ६९ लाख पाँच हजार सात सय ६३ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया