झापामा सस्तोमा जग्गा दिने बहानामा ३२ लाख ठग्ने जग्गा कारोबारी पक्राउ

लोकपथ
0
Shares

काठमाडौँ । झापामा सस्तोमा जग्गा दिने बहानामा ३२ लाख रुपैयाँ ठगी भएको छ । प्रहरीले सो कार्यमा संलग्न चार जना जग्गा कारोबारीलाई पक्राउ गरेपछि यो विषय प्रकाशमा आएको हो ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बसपार्कमा दुई कठ्ठा जग्गा सस्तो दरमा बिक्रीमा रहेको भन्दै
रकम लिएर भाग्ने कमल गाउँपालिका वडा नं ५ बस्ने बिजय राईसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

राईको समूह मोरङका बिष्णुमाया सापकोटा सुबेदी र अनिल बिश्वकर्मालाई प्रभावमा पारेर बैना भन्दै ३२ लाख रुपैयाँ लिएर भागेको थियो ।

घटनाको उजुरी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय अनारमनी जिल्ला प्रहरी कार्यालय इलामको टोलीले इलामस्थित पुरानो बसपार्कबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट सताईस लाख पैसठ्ठी हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?