काठमाडौं । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशम चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
डिल्लीबजार बारागारबाट बिहीवार दिउँसो ३ बजे सिंहदरबार पुगेका चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
सांसद चौधरीले थारु भाषामा शपथ लिएका थिए । सपथ लिएपछि प्रतिक्रिया दिँदै सांसद चौधरीले भने, ‘मलाई मतदाताले न्याय दिए अब न्यायालयले न्याय दिन बाँकी छ ।’
शपथपछि सभामुखले सांसद चौधरीलाई फूलमाया लगाइदिए ।
कृषि समितिको हलमा भएको उक्त शपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थित थिए ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएको थियो ।
घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधिसभामा उम्मेद्वारी दिएका थिए ।
निर्वाचित भए पनि उनले शपथ लिन पाएका थिएनन् । गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।
सपथपछि उनलाई प्रहरीले फेरि कारागार लैजानेछ ।
सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित नहुने सचिव गोपालनाथ योगीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया