विनोद चौधरी र बालेन शाहबीच आकस्मिक भेट

लोकपथ
63
Shares

काठमाडौं । नेपालका प्रतिष्ठित उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच आकस्मिक भेटघाट भएको छ ।

आइतबार नवलपरासी जाने क्रममा चौधरी र शाहबीच भैरहवा विमानस्थलमा भेटघाट भएको हो ।

सो बारे फेसबुकमा लेख्दै चौधरीले छिट्टै भेटेर महानगरसहित सगम्र विकासका बारेमा भेट हुने बताए ।

‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसङ्ग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौं ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?