काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुस १० गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट अहिलेको समीकरण बन्ने आश्वासन पाएको खुलासा गरेका छन् ।
बुधबार गृहजिल्ला सुर्खेत पुगेका खड्काले पत्रकार सम्मेलनमा बोल्दै पुस १० मै प्रचण्डले आजको अवस्थामा राजनीति आइपुग्ने संकेत गरेको खुलासा गरेका हुन् ।
तत्कालिन कांग्रेस माओवादीसहितको गठबन्धन छाडेर प्रचण्ड प्रधानमन्त्री बन्न एमालेसँग मिल्न गएका थिए । तत्कालिन गठबन्धन भत्किएको अवस्थामा पनि खड्कासँगको फोनसंवादमा प्रचण्डले अहिलेको अवस्था अर्थात् पूर्ववर्ती गठबन्धन नै ब्यूतिने संकेत गरेको खड्काले बताए ।
सोही दिन आफूले साँझ प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई फोन गरेको र१० मिनेटको फोन संवादमै भएको आधारमा नै अहिलेको परिस्थिती निर्माण भएको उनले दाबी गरे ।
‘पुुस १० बिहान गठबन्धन भत्कियो । त्यही दिन साँझ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नियुुक्ति भएपछि राती साढे ७ बजे मैले बधाइ दिने क्रममा उहाँलाई फोन गरेँ । उहाँ र म बीच लगभग १० मिनेट भएको थियो । संवादको क्षणदेखि शुरु भइ विभिन्न चरणका, विभिन्न तहका नेताहरुबीचको सबै प्रशंग र मुलुकको राजनीति र पूर्ववर्ती गठबन्धनका नेताहरुको छलफल र दुई घटनाहरु जोड्दै जोड्दै राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल ८ दलको साझा उम्मेदवार बन्ने कुरासम्म २ महिनाभित्र मुलुकको राजनीति पुग्यो ।’ उनले पत्रकारहरुसँग भने ।
त्यस्तै उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै सरकार विस्तारको कुरा हुने बताए । साथै आफूले पहिले नै मन्त्री नबन्ने घोषणा गरिसकेको कारण मन्त्री नबन्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया