देशको ध्यान राष्ट्रपतितिर, रवीन्द्रको ध्याउन्न राजा ल्याउनेतिर !

लोकपथ
77
Shares

काठमाडौं । मुलुकमा राष्ट्रपति निर्वाचनको तयारीमा भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भने राजालाई राष्ट्रप्रमुखका ल्याउनुपर्ने तर्क अघि सारेका छन् ।

आगामी फागुन २५ गते देशले नयाँ राष्ट्रपति पाउँदैछ । जसका लागि राजनीतिक दलहरु व्यापक रुपमा छलफलमा जुटेका छन् । उनकै दल राप्रपा पनि वर्तमान सरकारमा सामेल भइ आगामी राष्ट्रपतिका लागि कुनै पक्षमा लागेर राष्ट्रपति चुन्ने विषयमा छलफल गरिरहेको छ। तर मिश्रले भने राष्ट्रप्रमुखका रुपमा राजालाई अघि सानुपर्ने तर्क अघि सारेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता मिश्रले राष्ट्रपतिलाई राजनीति भन्दा माथि भनिए पनि राष्ट्रपतिको भूमिका पार्टीगत रहेको आरोप लगाए । सेनाबाहेक सबै संस्था क्षयीकृत भएको भन्दै समाज नै भ्रष्टीकरणको बाटोमा रहेको टिप्पणी गरे । जसको कारण अहिलेको अवस्थामा राष्ट्रप्रमुखका रुपमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई ल्याउनुपर्ने बताए ।

‘राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन् । समाज महाभ्रष्ट छ। आईक्यूमा सन्सारमै सबैभन्दा कम छ । धर्मसंस्कृतिमाथि धावा बोलिएको छ। देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ÷परिसक्यो ।’ उनले अघि थपे, ‘ यस्तो स्थितिमा राजालाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?’

अन्य राजनीतिक दल र नेताले दशकौँदेखि दिनदिनै राष्ट्रघात गरे पनि क्षम्य हुने तर देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले गल्ती सुधार गर्ने मौका नपाउने भन्दै प्रश्न गरेका छन् ।

‘अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?’ उनले भने ।

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले सहकार्यका लागि राजनीतिक दलहरुसँग आग्रह गरेका थिए । सो प्रशंगमा लेख्दै नेता मिश्रले आगामी दिनमा राजा र राजनीतिक दलको सहकार्य हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?