ज्ञानेन्द्रलाई ओलीको प्रश्न : ‘राजाले २४० वर्ष शासन गरेको होइन, देशका लागि के गर्नुभयो?’

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न गरेको आह्वानप्रति टिप्पणी गरेका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले केही मानिसहरु वरिपरि देखे ज्ञानेन्द्रलाई जोश चढ्ने टिप्पणी गरे ।

‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ ।’ ओलीले भने ।

त्यस्तै २४० वर्ष राजाले नै नेपालको शासन गरेको भन्दै देश कहाँ पुग्यो भन्दै प्रश्न गरे ।

‘त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’ ओलीले भने ।

शनिबार पूर्वराजा ज्ञानेन्द्रले ७३आँै प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राजनीतिक दलहरुसँग सहकार्य गर्न आह्वान गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रको सन्देशपछि अहिले राजनीतिक वृत्तमा हलचल मच्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?