काठमाडौं । संसद भवन अघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारी आचार्यले पूर्व अरनिको यातायात प्रालिमा रोजगारी पाएकी छिन् ।
पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पहलमा नाकुकालाई प्रालिले रोजगारी दिएको हो । उनलाई आजै प्रालिका अध्यक्ष केदार क्षेत्रीले नियुक्तीपत्र समेत दिएका छन् ।
साथै उनका दुई छोरीलाई स्नातकोत्तरसम्म पढ्ने जिम्मा समेत सांसद बस्नेतले लिएका छन् ।
गत माघ १० गते संसद भवन अघि आचार्यले आत्मदाह गरेका थिए ।
बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ केही दिन अगाडि मात्रै संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका स्वर्गीय प्रेम प्रसाद आचार्य ज्युको श्रीमति नानुका अधिकारी आचार्यले आजबाट जागिर शुरु गर्नुभएको छ । घटना घटेको केहि दिनपछि मैले मृतकको परिवारलाई भेट्दै मृतकको श्रीमतिलाई दक्षता अनुसारको जागिर लगाईदिने र २ ओटा छोरीहरुलाई बेचुलरसम्म निशुल्क पढाईदिने घोषणा गरेको थिए । सोही बमोजिम आज पुर्व अरनिको यातायात प्रालीले नानुकाजिलाई कर्मचारीमा नियुक्त गर्दै नियुक्ति पत्र समेत दिएको छ । साथै छोरीहरुले पनि पायक पर्ने गरि घर नजिकैको स्कुलमा स्नातकोत्तरसम्म निशुल्क पढ्न पाउने भएका छन् । यो सहयोगका लागि विशेष गरि प्रालिका अध्यक्ष केदार क्षेत्री र पुर्व अरनिको यातायात प्रालिलाई हार्दिक धन्यवाद । अन्तमा नानुका जि र छोरीहरुको उज्ज्वल भबिष्यको शुभकामना । जय नेपाल’
रोजगारी पाएसँगै आफूले धेरै राहत महसुस गरेको नानुकाले प्रतिक्रिया दिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया