कांग्रेस नेता चन्द्र भण्डारीको आमा हरिकलाको अन्त्येष्टी

लोकपथ
42
Shares

काठमाडौं । कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्त्येष्टी गरिएको छ ।

शुक्रबार दिउँसो हरिकलाको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो ।

बुधबार राति बुद्धनगरस्थित घरमा ग्यासको सिलिन्डर विस्फोट घाइते उनको बिहीबार उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

यता सांसद भण्डारीको भारतमा उपचार भइरहेको छ । दुवै जनालाई बुधबार राती नै कीर्तिपुर अस्पताल पुर्याइएको थियो । हरिकलाको शरिरको ७० प्रतिशत भन्दा बढी भागमा क्षती पुगेको थियो । भने चन्द्रको भने २५ प्रतिशत भागमा असर गरेको अस्पतालले जनाएको थियो ।

यद्यपि चन्द्रलाई थप उपचारको लागि भारत लैजान अस्पतालले भनेपछि त्यसतर्फ लगिएको थियो । उनको अहिले मुम्बइस्थित नेशनल वर्न सेन्टरमा पहिलो शल्यक्रिया चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?