नुवाकोटमा बोलेरो दुर्घटना हुँदा ४ जना घाइते

लोकपथ
28
Shares

काठमाडौं । नुवाकोटमा बोलेरो जिप दुर्घटना भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं.३ मा जीप दुर्घटनामा भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले लोकपथलाई जानकारी दिए ।

समुन्द्रटारबाट राउतबेशीतर्फ जाँदै गरेको बोलेरो भीरमा खसेको बताइएको छ । बिहीबार बेलुकी साढे ८ बजेतिर दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये दुई जनाकाे स्थानीय अस्पतालमा उपचार भइरहेको र अन्य दुई जनालाई थप उपचारका लागि काठमाडौं रेफर गर्ने तयारी भइरहेको अध्यक्ष थापाले बताए ।

यस्तै, आज नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नंको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

उनका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?