यातायात व्यवसायी, मजदुर संगठन र सरकारबीच ५ बुँदे सम्झौता (पत्रसहित)

लोकपथ
105
Shares

काठमाडौं । यातायात व्यवसायी र मजदुर संगठनहरु र सरकारबीच ५ बुँदे सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्ताबाट दुईपक्षबीच ५ बुँदे सम्झौता भएको मन्त्रालयको सचिवालयले जानकारी दिएको छ ।

सम्झौतामा आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमतिसमेत भएको छ । यस्तै, यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा समेत सहमति भएको छ ।

सोमबार मजदुर संगठनहरुले नयाँबसपार्क क्षेत्रमा आन्दोलन गरेका थिए । आन्दोलनले निकै उग्र रुप लिएको थियो । आक्रोशित आन्दोलनकारीहरुले प्रहरीको दुईवटा भ्यान जलाएका थिए भने,लोत्से मलमा समेत तोडफोड गरेका थिए ।

हेर्नुहोस् सहमति पत्र : 

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?