काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम पालनामा कडाइ गर्न बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको हो ।
कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो ।
सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । यातायात व्यवसायी र मजदुरहरुको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले हवाइ फायर समेत गरेको छ भने आन्दोलनकारीहरुले एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।
आन्दोलनकारीहरुले प्रहरीको दुईवटा भ्यान पूर्ण रुपमा जलाएका छन् ।
विभिन्न मागसहित आज दिनभर सो क्षेत्रमा यातायात व्यवसायी तथा मजदुरहरुले आन्दोलन चर्काएका थिए । ट्राफिकले चेकजाँचमा बढी शुल्क लिएको साथै पार्किङ शुल्क बढी लिइएको र यातायात मजदुरहरुको सुरक्षा नभएको भन्दै आन्दोलन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया