काठमाडौं । सरकारले भारतीय नयाँ नोटमा प्रतिबन्ध लगाएपछि त्यसको अवसर व्यवसायीदेखि सार्वसाधारणसम्म पर्ने देखिएको छ । हालैको मन्त्रिपरिषदको बैठकले नयाँ भारतको नयाँ दुई यस, पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
उक्त निर्णयप्रति कतिपय नेपाली सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । सरकारले नेपालीसँग रहेको उक्त दरका रुपैयाँ व्यवस्थापन गर्न समेत समय नदिएर एक्कासि निर्णय गर्नुले सर्वसाधारणलाई बढी असर पर्ने उनीहरूको गुनासो छ ।
निजी क्षेत्रका एक कर्मचारी अनुपम भूसालले भारतसँग हाम्रो खुला सिमाना भएका कारणले भारतीय मुद्राको विषय हाम्रो लागि निकै संवेदनशील विषय भएको बताउछन् । ‘भारतमा हाम्रो घुमफिरदेखि लिएर व्यापार वा रोजागारीका कारण आवतजावत गर्दा भारतीय रुपैयाँमै कारोबार गर्नुपर्ने हुन्छ’ उनी भन्छन् ‘अचानक यसरी भारतीय रुपैयाँमा प्रतिबन्ध लगाइँदा वा गैरकानूनी घोषित गरिँदा अब कहाँ गएर साट्ने?’
भारतमा कमाएर ल्याएको पैसा राख्न पनि नमिल्ने र सरकारले पनि नसाट्दिने भएपछि धेरैले यस निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरुले दुवै सरकारहरु यसमा संवेदनशील बन्नुपर्ने बताउछन् । छिट्टै यसमा निकास खोज्नका लागि कूटनीतिक पहल गर्नुपर्ने विद्यार्थी पद्मा भट्टराई बताउँछिन् ।
सर्वधारणको दैनिक जीवन नै प्रभावित हुने गरी गरिएको निर्णयले धेरैलाई असर पुर्याएको देखिन्छ । नेपालमा रहेको भारतीय नोटलाई कसरी व्यवस्थान गर्ने हो यसबारे पनि सरकारले कदम चाल्नुपर्नेमा सर्वसाधारणको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया