चितवन – प्रदीप चेपाङले तीन कक्षा पास गरिसके तर चार कक्षा पुगेका छैनन् । अहिले पनि तीन कक्षामै पढ्छन् । पुरानै किताब सुमसुम्याउँछन् ।
इच्छाकामना गाउँपालिका २, भोटेगाउँ । यहाँको राष्ट्रिय आधारभूत विद्यालयबाट ३ कक्षा पास गर्ने कमैले उपल्लो कक्षा पढ्न पाउँछन् । पढ्नै परे २ घन्टा पैदल धाउनुपर्छ । खोला तर्नुपर्छ । जंगल छिचोल्नुपर्छ । प्रदीपका साथीले स्कुल टाढा भएकैले पढाइ छाडे । उनको चाहिँ रत्तिभर मोह घटेको छैन । त्यसैले बेला–बेला पुरानै स्कुल छिर्छन् । पुरानै कक्षा पस्छन् । अनि पुरानै किताब पढ्छन् ।
‘नआऊ भन्न भएन, आउँछन् पुरानै कुरा पढ्छन् । यो यहाँको बाध्यता हो,’ प्रधानाध्यापक नीमबहादुर बुढाथोकीले भने । भोटेगाउँको स्कुलमा शिशुदेखि कक्षा ३ सम्म पढाइ हुन्छ । कक्षा ४ पढाउने विद्यालय नजिक छैन । काउलेको जनप्रिय मावि पुग्नुपर्छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया