काठमाडौं–नेकपाका पछिल्ला सबै बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको सरकारीनिवास बालुवाटारमा हुँदै आएका थिए । तर, चार नेताले यसप्रति पनि आपत्ति जनाएपछि शनिबारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा डाकिएको छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–लामो समयपछि बैठक बस्न लागे पनि स्थायी समिति सदस्यहरूले भने छलफलका एजेन्डाबारे अनभिज्ञता जनाए । ‘कम्तीमा दुई दिनपहिल्यै बैठकका एजेन्डाबारे जानकारी गराउने पार्टीको नीति छ, तर के छलफल गर्ने हो, कुनै जानकारी गराइएको छैन,’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘किन गराइएन सचिवालयलाई नै थाहा हुने कुरा हो । सायद, अहिले उठिरहेका समसामयिक विषयमै छलफल हुने त होला नि ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया