सरकारको गलत नीतिका कारण पुँजी बजारमा ठूलो हलचल आएका कारण सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने खतरा देखिएको प्रति राप्रपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्ती जारी गर्दै राप्रपाले आफ्नो लगानी सुरक्षित राख्न शेयर लगानीकर्ताहरु संगठित भइ दबाब दिनुपर्ने र अनशन समेत बस्नुपर्ने अवस्थाको सिर्जना हुनु अर्थतन्त्रको शुभ सुचक नभएको ठहर गरेको छ ।
कोषाध्यक्ष एवं आर्थिक विभाग प्रमुख उद्धब पौडेलले जारी गरेको विज्ञप्तीमा पुँजी बजारको अवस्थालाई सामान्य पार्दै सर्वसाधारण र शेयर लगानीकर्ताको हित र अधिकारप्रति समयमै गम्भीर बन्न तथा समस्याको समाधानका लागि आवश्यक पहलकदमी लिन सरकारसंग माग गरिएको छ ।
यस्तो छ प्रेस नोट :
मिति २०७५ मंसीर २७ गते
प्रेस नोट
केही समय यता पुँजी बजार सरकारको गलत नीतिका कारण हलचल हुन पुगेको र यसले शेयर बजारमा सर्वसाधारणको ठूलो लगानी जोखिममा पर्न सक्ने खतरा देखिएको प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो लगानी सुरक्षित राख्न शेयर लगानीकर्ताहरु संगठित भइ दबाब दिनुपर्ने र अनशन समेत बस्नुपर्ने अवस्थाको सिर्जना हुनु अर्थतन्त्रको शुभ सुचक होइन, राप्रपा शेयर लगानीकर्ताको जारी दबाब र अनशन प्रति ऐक्यबद्धता जाहेर गर्दछ । पुँजी बजारको अवस्थालाई सामान्य पार्दै सर्वसाधारण र शेयर लगानीकर्ताको हित र अधिकारप्रति समयमै गम्भीर बन्न तथा समस्याको समाधानका लागि आवश्यक पहलकदमी लिन राप्रपा सरकारसंग माग गर्दछ ।
उद्धब पौडेल
कोषाध्यक्ष एवं
प्रमुख, आर्थिक विभाग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया