नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारी

प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसले आज यहाँ समझदारीपत्रमा हस्ताक्षर गरे। प्रेस काउन्सिल नेपालको निमन्त्रणामा यहाँ आएको म्यान्मा र श्रीलङ्काका काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई बुधबार स्वागत गरियो । 

लुम्बिनी, पोखरा, चितवन, पाल्पा र काठमाडौँको भ्रमणसमेत गर्ने उद्देश्यले श्रीलङ्काका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागेसहित चार र म्यान्माका अध्यक्ष केइङसहित पाँच जनाको टोली काठमाडौँ आएको थियो ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले काउन्सिलले पत्रकार आचारसंहिता जारी गरेर कार्यान्वयन गर्ने, पत्रपत्रिका वर्गीकरण गर्नेलगायतका गतिविधिबारे जानकारी गराए । श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बेल्लालागे र म्यान्माका अध्यक्ष ९१ वर्षीय केइङले भ्रमणले नेपालसँगको सम्बन्ध अझ मैत्रीपूर्ण हुने विश्वास व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?