प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस

काठमाडाैं । वैधानिक परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस गरेको छ । बिहीबार बिहान बसेको परिषद बैठकले जबराको नाम सर्वसम्मत सिफारिस गर्दै संसदीयय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो । 

संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङफे सहभागी थिए । 

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो ।

संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेपछि अब संसदीय सुनुवाई विशेष समितिमा सनुवाई हुन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुस १७ गते अवकाश पाउँदैछन् ।

सर्वोच्चमा तीन वर्ष स्थायी न्यायाधीश भएको व्यक्तिमात्र प्रधानन्यायधीश हुन पाउने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?