गोदावरी बलात्कार काण्डमा पनि प्रहरीको लापबारही

काठमाडौँ – एक वर्षअघि ललितपुरको गोदावरी –१ गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् ।

अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधवार गोदावरीबाट पक्राउ गरेको हो ।

निर्मला पन्तको हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको पाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

बलात्कारपछि एक सातासम्म पीडित युवती अस्पतालको आइसियुमा बेहोस थिइन् । त्यसवेलामा प्रहरीले चासो नदिँदा महत्वपूर्ण प्रमाण नष्ट भइसकेका थिए ।

प्रहरी अनुसन्धान चलिरहेका वेला अदालतले आरोपीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?