अदालतले नेपाललाई १ हजार जरिवाना तिरायो

 काठमाडौं –ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १ हजार जरिवाना गरेको छ ।

प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको एकल ईजलासले नेपाललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा १ हजार जरिवाना गरेको हो ।

नेपाललाई बिम्स्टेक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएकै दिन गत भदौ १४ गते बिहान चाबहलस्थित निवासबाट प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
उनले भारत विरोधी अभियान चलाउँदै आएका छन् भने सोही क्रममा पटक पटक छुट्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?