मध्यरातमा हत्या, शव घर नजिकैको उखुबारीमा फेला

गौशाला । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । 

चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए । 

घटनाबारे अनुसन्धान भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?