फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल सर्भिस सेन्टर पोखरामा

लोकपथ
98
Shares

काठमाडौं । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले पोखरामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्रहाकहरुलाई विक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उदेश्यले आयाम इन्टरकन्टिनेन्टलले अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको हो ।

उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्रि प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटी उद्धघाटन गरेका थिए ।

यस अगाडी चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम संचालनमा आइसकेको छ । फोर्सका ग्रहाकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधा सहित गाडी मर्मत गर्न सक्नेछन् । करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ ।

गाडी बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उदेश्य राखिएको जानकारी उक्त आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए ।

बिगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टलले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?