पूर्वराजाले पोखरामा नयाँबर्ष भब्य रुपमा मनाउने

काठमाडौ । अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ ।
त्यसको तयारीको लागि पूर्व राजपरिवार चढ्ने सवारी साधन र सुरक्षाकर्मी सहितको टोली १ गते पोखरा जाने भएका छन् ।

२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डिएसपी पोखरा जाने कार्यक्रम तय भएको छ । करिब दुई साता अघि पूर्व राजाका निजी सचिव तिमल्सिना सहितको टोलीले त्यहाको सुरक्षा अवस्था बारे रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।

उनीहरु पोखराको निर्मल पोखरी स्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्ट होटलमा बस्ने कार्यक्रम तय भएको छ । पूर्वराजाले सो होटलको करिब दुई दर्जन कोठा बुक गरेका छन् ।
 नयाँ वर्षमा पूर्व युवराज पारस , पूर्व राजाका वालसखा प्रभु शमसेर राणा लगाययतका आफन्त र तानागोता पोखरा जाने भएका छन् । २ गते पोखरा पुगेपछि ज्ञानेन्द्रले पश्चिमाञ्चलका केही धार्मिक भ्रमण गर्ने र सो होटलमा राजावादीसंग भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

नया वर्ष मनाउन पुर्व युवराज्ञी हिमानी नातिनी, पुर्णिका, किर्तिका र नाती हृदयन्द्र पुस १० गते पोखरा जाने कार्यक्रम तय भएको छ । थाइल्याण्ड अध्ययन गरिरहेका नातिनी नया वर्ष मनाउन नेपाल आउन लागेका हुन । पुस १७ गते आफन्तसंग नया वर्ष मनाउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
त्यहा बस्दा पुर्व राजाले मुलकको पछिल्लो अवस्थाबारे केही राजावादीहरुसंग जानकारी लिने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?